बुधबार सुनको मूल्य प्रतितोला तीन सयले बढेर ८९ हजार ८ सयमा पुगेको छ। सोमबार सुन ८९ हजार ५ सयमा कारोबार भएको थियो। मंगलबार नयाँ वर्षको दिनमा सुनचाँदीको कारोबार बन्द थियो।
आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा कायम छ। सोमबार चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।