शुक्रबार एकै दिन सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो।
शुक्रबार भने अन्तर्राष्ट्रिय बजारमै महँगिदा नेपालमा पनि असर परेको महासंघले जनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रूपैयाँ तोकिएको छ।
त्यस्तै , चाँदीको मूल्य पनि प्रतितोला ३० रूपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भएको छ। बिहीबार चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।