बुधबार सुनको मूल्य दुई सयले घटेर ९१ हजारमा कायम छ। अघिल्लो दिन सुन ९१ हजार दुई सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा पुगेको छ। मंगलबार चाँदीको प्रतितोला १२ सय पाँच रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।