नेपाली बजारमा यो साता सुन सस्तिएको छ।
साताको पहिलो दिन आइतबार ९१ हजार ६ सय रूपैयाँ प्रतितोलामा किनबेच भइरहेको छापावाल सुन शुक्रबार ९० हजार नौ सय रूपैयाँमा कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सातामा सबैभन्दा कम बिहीबार ९० हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।
बिहीबारको तुलनामा साताको अन्तिम दिन शुक्रबार तोलामा एक सय रूपैयाँले महँगिएको हो।
यो सातामा चाँदी भने समग्रमा १५ रूपैयाँले सस्तिएको छ आइतबार चाँदी तोलामा एक हजार दुई सय १० रुपैयाँ कायम भएको थियो।
शुक्रबारसम्म आइपुग्दा चाँदी तोलामा एक हजार एक सय ९५ रूपैयाँ कायम भएको छ।
बार | छापावाल | तेजावी | असली चाँदी |
आइतबार | ९१६०० | ९११०० | १२१० |
सोमबार | ९१६०० | ९११०० | १२१० |
मंगलबार | ९१२०० | ९०७०० | १२०५ |
बुधबार | ९१००० | ९०५०० | ११९५ |
बिहिबार | ९०८०० | ९०३०० | १२०५ |
शुक्रबार | ९०९०० | ९०४०० | ११९५ |