बुधबार सुनको मूल्य एक सयले घटेर तोलाको ८८ हजार ९ सयमा कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ८९ हजारमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य ११ सय ५५ रुपैयाँमा स्थिर छ। मंगलबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।