नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढेर ९० हजार ३०० रूपैयाँ कायम गरिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३०० रूपैयाँ तोकिएको हो। छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ८०० रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला ८९ हजार ८५० रूपैयाँ कायम गरिएको छ जुन सोमबार प्रतितोला ८९ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार १६० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। रासस