बुधबार सुनको मूल्य चार सयले घटेर तोलाको ८९ हजार ९ सयमा कायम भएको छ। अघिल्लो दिन सुन तोलाको ९० हजार तीन सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य ११ सय ६० रुपैयाँमा स्थिर छ। मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।