सोमबार छापावाला सुन प्रतितोला ९१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
दसैँअघि अर्थात् गत असोज २५ गते प्रतितोला ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक हजार दुई सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदी गत सोमबार प्रतितोला एक हजार एक सय ८० रूपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।