बुधबार सुन प्रतितोला ९१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक सय रूपैयाँले बढी हो।
मंगलबार सुन प्रतितोला ९१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहको छ।