बिहीबार सुनको मूल्य चार सयले बढेर तोलाको ९२ हजार चार सयमा पुगेको छ। अघिल्लो दिन सुन ९२ हजार प्रतितोला कारोबार भएको थियो।
आज चाँदी १२ सय ५० रुपैयाँमा स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।