नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला ५०० ले घटेर ९१ हजार रुपैयाँ तोकिएकोे छ।
बुधबार उक्त सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ रहेकामा बुधबार प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य बुधबारका तुलनामा स्थिर छ।
चाँदी बुधबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।