ववाहको मौसमलाई लक्ष्य गरेर गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ।
यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँ बढीको गहना किन्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा छ।
‘विवाह उत्सव’ योजना यो महिनादेखि २ महिना चल्ने गणपती ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले जनाएका छन्।
काठमाडौं न्युरोड विशाल बजारको जनसेवासँगै रहेको गणपती ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हीराको कारोबार गर्दै आएको छ।