मंगलबार सुनको मूल्य तोलाको दुई सयले घटेर ९१ हजार ८ सयमा कायम छ। अघिल्लो दिन सुन ९२ हजारमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी १२ सय रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।