बिहिबार सुुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसर्थ, आज सुन-चाँदीको मूल्य घटेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अघिल्लो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४८ अमेरिकी डलरमा कारोबार भएको थियो।