साताको पहिलो दिन सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ।
आइतबार सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी प्रतितोला १३ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी १३ सय पाँच रुपैयाँमै कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १८ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।