आइबतार सुन प्रतितोला ९६ हजार छ सय रूपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ। गत शुक्रबारको तुलनामा यो एक हजार चार सय रूपैयाँले कम हो।
शुक्रबार सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदी प्रतितोला १२ सय ९५ रूपैयाँमा कारोबार भइरहको छ। यो शुक्रबारको तुलनामा ८० रूपैयाँले कम हो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८९ अमेरिकी डलरमा कोरोबार भइरहेको छ।