शुक्रबार छापावाला सुन प्रतितोला एक लाख दुई हजार छ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। यो अघिल्लो दिनको तुलनामा छ सयले बढी हो।
बिहीबार सुन प्रतितोला एक लाख दुई हजार रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार चार सय पाँच रूपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ९ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। बिहीबार प्रतिऔँसएक हजार ९ सय ८० अमेरिकी डलरमा कारोबार भएको थियो।