आइतबार सुन प्रतितोला दुई सय रूपैयाँले बढेको छ।
आज सुन प्रतितोला एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
गत शुक्रबार सुन प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला १४ सय २५ रुपैयाँमा करोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार चार सय १५ रूपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ९९ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।