आज सुन-चाँदीको मूल्य घटेको छ।
सोमबार सुन प्रतितोला पाँच सय घटेर एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला १४ सय १५ रुपैयाँमा करोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।