आज सुन-चाँदीको मूल्य घटेको छ।
अघिल्लो साता प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँसम्म पुगेको सुनको मूल्य बुधबार घटेर ९९ हजार तीन सय रुपैयाँमा झरेको हो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज सुन प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको हो।
त्यस्तै, बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा करोबार भएको थियो।
गत साता लगातार बढेको सुन-चाँदीको मूल्य यो साता ओरालो लागिरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।