मंगलबार सुन-चाँदीको मूल्य बढेको छ।
आज सुन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
सोमबारको तुलनामा आज सुन प्रतितोला आठ सय रुपैयाँ बढेको हो।
त्यस्तै, मंगलबार चाँदी २० रुपैयाँ प्रतितोला बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।