बुधबार सुन-चाँदीको मूल्य घटेको छ।
आज सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवासयी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुन प्रतितोला ११ सय र चाँदी २५ रुपैयाँले घटेको हो।
मंगलबार सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ कारोबार भएको थियो। चाँदी भने प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।