बिहीबार सुन-चाँदीको मूल्य बढेको छ।
आज सुन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवासयी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार सुन प्रतितोला ११ सय र चाँदी ५ रुपैयाँले बढेको हो।
बुधबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।