शुक्रबार सुन-चाँदीको मूल्य बढेको छ।
आज सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला आठ सय र चाँदी १० रुपैयाँले बढेको हो।
बिहीबार सुन प्रतितोला ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेर प्रतिऔंस १९ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।