लगातार घटेको सुन-चाँदीको मूल्य आज बढेको छ।
बिहीबार सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
बुधबारको तुलनामा आज सुन प्रतितोला पाँच सय र चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।