बुधबार सुन-चाँदीको मूल्य बढेको छ।
आज सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबारको तुलनामा आज सुन प्रतितोला ६ सय र चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय ६८अमेरिकी डलरमा कारोबार भइरहेको छ।