मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेर एक लाख दुई हजार एक सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार सय रुपैयाँ घटेको हो।
त्यस्तै, आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७४ अमेरिकी डलरमा कारोबार भएको थियो।