आज सुन-चाँदीको मूल्य घटेको छ।
शुक्रबार सुन प्रतितोला ९८ हजार रूपैयाँ र चाँदी १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। चुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रूपैयाँ र चाँदी २५ रूपैयाँ कम हो।
बिहीबार सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँ र चाँदी प्रतितोला १३ सय पाँच रूपैयाँमा कारोबार भएको थियो। लगातार घटेको सुनको मूल्य बिहीबार बढेको थियो। साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भएको थियो। उक्त दिन चाँदी भने १३ सय रूपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतितोला १८ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।