साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य बढेको छ।
आइतबार सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँ र चाँदी १२ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार गता साता कारोबारको लागि अन्तिम दिन शुक्रबार सुन प्रतितोला ९८ हजार रूपैयाँ र चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो।
यसर्थ, आज सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ र चाँदीको मूल्य ५ रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ८3 अमेरिकी डलरमा कारोबार भइरहेको छ।