बुधबार सुन-चाँदीको मूल्य घटेको छ।
आज सुन प्रतितोला ९७ हजार रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदी प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भइरहेको सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रूपैयाँ र चाँदी प्रतितोला ३० रूपैयाँ घटेको हो।
मंगलबार सुन प्रतितोला ९८ हजार रूपैयाँ र चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।