मंगलबार सुन-चाँदीको मूल्य बढेको छ।
आज सुन प्रतितोला ९६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९६ हजार पाँच सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन भने बुद्ध जयन्ती अवसर सार्वजनिक बिदा थियो।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।