शुक्रबार सुन-चाँदीको मूल्य बढेको छ।
आज सुन अघिल्लो दिनको तुलनामा एक हजार रूपैयाँ बढेर प्रतितोला ९७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।