मंगलबार सुन-चाँदीको भाउ घटेको छ।
आज सुन दुई सय रूपैयाँ घटेर प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।
केही दिनयता सुन-चाँदीको मूल्यमा एक किसिमले स्थिरता कायम भएको देखिन्छ। गत साताको मंगलबार सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो।
यो साताको पहिलो दिन आइतबार पनि सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो। चाँदी भने प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।