बुधबार सुन-चाँदीको मूल्य घटेको छ।
आज सुन आठ सय रूपैयाँ घटेर प्रतितोला ९७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो।
केही दिनयता सुन-चाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ। गत साताको सोही दिन अर्थात् बुधबार सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।
यो साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९८ हजार रूपैयाँ र चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो।
बुधबार अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।