मंगलबार सुन-चाँदीको मूल्य घटेको छ।
आज सुन ६ सय रूपैयाँ घटेर प्रतितोला ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ घटेको हो।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।