आइतबार सुन-चाँदीको भाउ बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार सुन प्रतितोला ९७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला १५ सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो।
आइतबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।