मंगलबार सुन-चाँदीको मूल्य घटेको छ।
आज सुन प्रतितोला ९७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १८ सय रूपैयाँ र चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो। सोमबार सुन प्रतितोला ९८ हजार नौ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।