बिहीबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको छ।
आज सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको हो।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।