मेलान्ज फेसन स्टोरले 'मेलान्ज फेसन स्टोरको दशमा अफर' शनिबारदेखि सुरू गर्ने भएको छ।
मेलन्जले नेपालमै पहिलो पटक दश हजारको खरिदमा दश हजार नै क्यास व्याकको अफर ल्याएको बताएको छ। यो अफर सीमित अवधिका लागि रहेको बताइएको छ।
यो योजनमा ग्रहकले दश हजार वा सो भन्दा माथिको सामान खरिद गर्दा दश हजार क्यास व्याक तथा पाँच हजारको खरिदमा २५ सय र सो भन्दा कमको खरिदमा पनि विभिन्न छुट पाउन सक्नेछन्।
२०१७ को जनवरीबाट सुरू भएको मेलान्ज स्टोरको मुख्य आउटलेट काठमाडौंको कमल पोखरी सिटी सेन्टरमा रहेको छ र यसका शाखा आउटलेटहरू काठमाडौंकै गल्फुटार र पेप्सिकोलामा रहेको छ भने इटहरी, नेपालगञ्ज र धनगढीमा समेत छ।
मेलान्जमा विभिन्न उमेर समूहका महिला पुरुष र बच्चाहरूका लागि लुगाकपडा र अन्य फेसनका समानहरू पाइन्छ।
हरेक आउटलेटमा एकै खाले समान र सुपथ मुल्य तथा मोल–मलाइ गर्नु नपर्ने मेलान्जको विषेशता रहेको बताइएको छ।