काठमाडौंमा फेसन ब्राण्ड दामिलानो इटालियाका नयाँ प्रडक्ट भित्रिएको छ।
झण्डै डेढ दर्जन अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याएको आरपी ग्रुपले दामिलानो इटालियाका नयाँ प्रडक्ट नेपाली बजारमा भित्र्याएको हो।
आरपी ग्रुपले चाडवाडलाई केन्द्रित गरेर नयाँ उत्पादन ल्याएको असिष्टेन्ट स्टोर म्यानेजर ग्रेसा खड्काले जानकारी दिइन। नयाँ प्रडक्टमा महिला र पुरूष दुबैलाई हुने कपडा छन्। दरबारमार्गस्थित शोरूमबाट कपडाहरू किन्न सकिने उनले बताइन्।
सोरूममा लेडिजका लागि आवश्यक पर्ने साना तथा ठूला ब्याग, चप्पल, कपडा, बेल्ट तथा पर्स डिस्प्ले समेत गरिएको छ।
त्यसैगरी, दामिलानो इटालियाको शोरूममा जेन्सलाई आवश्यक पर्ने जुत्ता तथा चप्पल पनि छन्।