दसैं अघिको तुलनामा दसैंपछि सुनको मूल्य प्रतितोला तीन हजार रूपैयाँले बढेको छ।
दसैं अघि अर्थात् असोज १४ गते शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार रूपैयाँमा कारोबार भएको थियो।
आज अर्थात् आइतबार छापावाला सुन प्रतितोला ९६ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८५ रूपैयाँले बढेको छ। असोज १४ गते चाँदी प्रतितोला एक हजार एक सय ७० रूपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला एक हजार दुई सय ५५ रूपैयाँमा कारोबार भएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ९४ रूपैयाँमा कारोबार भइरहेको छ।