भारतको मुम्वइमा आगामी जनवरीमा आयोजना हुने वृहत अन्तर्राष्ट्रिय ज्वेलरी शोमा नेपाल सुनचाँदी व्यवसायीलाई आमन्त्रण गरिएको छ।
मेला आगामी जनवरी ५ देखि ९ सम्म आयोजना हुनेछ।
मेलामा सहभागिता जनाउन आग्रह गर्दै भारतको जिजेइपिसीका सिनियम म्यानेजर अजय पुरोहितले महासंघका अध्यक्ष माणिकरत्न शाक्यलाई बिहीबार औपचारिक रूपमा निमन्त्रणा दिएका हुन्।
वर्षेनी आयोजना हुँदै आएको उच्चस्तरीय इण्डिया इन्टरनेशनल ज्वलरी शोमा भाग लिनका लागि नेपाल सुनचाँदी व्यवासायी महासंघलाई औपचारिक रूपमा आमन्त्रण गरिएको महासंघका अध्यक्ष शाक्यले बताए।
अध्यक्ष शाक्यले इण्डिया इन्टरनेशनल ज्वलरी शो मार्फत नेपाल र भारत दुई देशबीचको प्रविधि हस्तान्तरण एवम् व्यापार विस्तारमा समेत सहयोग पुुग्ने बताए।
यसअघि पनि उक्त शोमा नेपालबाट महासंघको प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ।