बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौं आएकी छन्। जेम एन्ड ज्वेलरी एक्स्पोको चौथो संस्करणमा सहभागी हुन उनी बिहीबार काठमाडौं आएकी हुन्।
नेपाल रत्न तथा आभूषण संघले होटल याक एन्ड यती, दरबारमार्ग आयोजना गरेको एक्सपोमा उनी बिहीबार साँझै सहभागी भएकी छन्।
उनले नेपाल आउन पाउँदा आफूलाई खुसी लागेको बताइन्। आफू छोटो अवधिका लागि नेपाल आए पनि भरपुर रूपमा समयको सदुपयोग गर्ने उनले बताइन्।
‘मलाई यो एक्स्पोमा भाग लिन पाउँदा खुसी लागेको छ,' काठमाडौं अवतरण गरेलगत्तै उनले भनिन्।
ज्वेलरी फेसन शोमा मलाइका नेपाली डिजाइनरका पोशाक र गरगहनाका साथ र्याम्पमा उत्रिएकी छन्। घिउ रङको लेहेंगा सेटमा उनी हरियो छड्के तिलहरी लगाएर र्याम्पमा हिँडिन्।
त्यस्तै अभिनेत्री स्वस्तिमा खड्का र मोडलहरूले पनि र्याम्पमा नेपाली डिजाइनरका कपडा र गरगहना प्रस्तुत गरेका थिए।
हेर्नुहोस् कार्यक्रमका केही तस्बिरहरूः