बुधबार सुनको मूल्य स्थिर छ।
मंगलबार प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ।
मंगलबार प्रतितोला एक हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्य कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।