गत एक महिनाको अन्तरालमा सुनको मूल्य ओरालो लागेको छ।
एक महिनाको अवधिमा सुन तोलामा १७ सय रुपैयाँले घटेको छ। एक महिनाअघि प्रतितोला ५५ हजार २ सयमा कारोबार भएको सुन घटेर मंगलबार ५३ हजार ५ सयमा झरेको छ। गत जेठ २४ गते सुन बढेर प्रतितोला ५५ हजार ६ सय पुगेको थियो ।
त्यसपछि भने सुनको मुल्यमा उतारचढाव आइरहेको छ। अमेरिकी डलरमा आएको गिरावटका कारण सुनको मूल्य ओरालो लागेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। डलरको मूल्य अहिले १ सय ३ रुपैयाँमा झरेको छ।