अघिल्लो दिन एक महिनायताकै न्यून मूल्यमा पुगेको सुनचाँदी पुनः बढ्न थालेको छ। मंगलबार प्रतितोला ५२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ४ सयले बढेर ५३ हजार २ सय रुपैयाँ पुगेको छ।
विगत एक महिनालाई हेर्दा सुनको मूल्य जेठ ३० गते सबैभन्दा धेरै ५४ हजार ८ सय रुपैयाँसम्म कारोबार भएको थियो। हिजोको मूल्य सबैभन्दा सस्तो हो।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय ५ रुपैयाँ रहेकोमा आज ७१५ रुपैयाँ पुगेको छ। विगत एक महिनालाई हेर्दा चाँदीको मूल्य प्रतितोला ७५५ सम्म कारोबार भएको छ। हिजोको मूल्य सुन र चाँदी दुवैमा एक महिनायताकै न्यून हो।