सुनको मूल्य बुधबार तोलामा १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ५३ हजार ८ सय रुपैयाँ कायम भएको छ।
गत शुक्रबारदेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। शुक्रबार सुन तोलामा ५३ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलामा ७ सय २५ कायम भएको छ। चाँदी पनि शुक्रबारयता महँगिरहेको छ। गत शुक्रबार चाँदी तोलामा ७१० रुपैयाँमा कारोबार भएको थियो।