च्छोरोल्पा गोल्ड एण्ड सिल्भर ज्वेलर्सको शाखा काठमाडौैंको चावहिलमा पनि खुलेको छ। दोलखा चरिकोटमा रहेको च्छारोल्पा ज्वेलर्सले ५ करोड लगानीमा आफ्नो पहिलो शाखा चावहिलमा स्थापना गरिएको सञ्चालक घनस्याम रिजालले जानकारी दिए।
उक्त शाखाको दोलखाका सांसदहरु पशुपति चौलागाईं, पार्वत गुरुङ र नेपाल सुनचाँदी कला व्यवससायी संघका अध्यक्ष द्ववारिका शंकरले सोमवार संयुक्तरुपमा उक्त ज्वेलर्सको उद्घाटन गरेका थिए। हाल च्छोरोल्पामा कालिगढ र विक्रेता समेतले गरेर १५ जना भन्दा बढीले रोजगारी पाइरहेको संचालक रिजालले जानकारी दिए।