सुनको मूल्य बुधबार ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार ५५ हजार ५ सय रुपैयाँ रहेकोमा मंगलबार एक्कासी बढेर ५६ हजार ५ सय पुगेको थियो।
बुधबार सो मूल्यमा २ सय रुपैयाँले घटेको हो। यो फाइन गुणस्तरको मूल्य हो। स्टान्डर्ड सुनको मूल्य प्रतितोला ५६ हजार रुपैयाँ रहेको छ। ९९ दशमलव ९ प्रतिशत शुद्ध सुनलाई फाइन र ९९ दशमलव ५ प्रतिशत शुद्ध सुनलाई स्टान्डर्ड भनेर व्याख्या गर्ने गरिन्छ।
हिजोको मूल्य एक वर्षयताकै महँगो हो। सुनको मूल्य वि.सं. २०६९ साल भदौ २० गते प्रतितोला ५९ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो।
चाँदीको मूल्य प्रतितोला ७७० कायम भएको छ। यसअघि सोमबार ७५५ थियो।