पर्यटन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन आन्तरिक उडानको लागि काभ्रेको कुनै एक ठाउँमा जसरी पनि विमाानस्थल बनाउने उद्घोष गरेका छन्।
जेठ ७ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा संचालन गर्ने विषयमा विमानस्थलका अधिकारीहरुसँगको अन्तरक्रियामा मन्त्री अधिकारीले अहिलेको विमानस्थल व्यवस्थापनसँगै वैकल्पिक विमानस्थल जसरी पनि बनाउने बताए।
“विमानस्थलको एयर ट्राफिक जाम व्यवस्थापनकै कमजोरीले भएको हो । एयर रुट वैज्ञानिक बनाइनुपर्छ, आवश्यकताभन्दा बढी रुट कसैलाई दिनु हँुदैन यही व्यवस्थापनका लागि नै २१ घण्टा विमानस्थल चलाउने भनेको हो यसका लागि कर्मचारीमा कुशल व्यवस्थापन र इच्छा शक्ति दृढ चाहिन्छ।’ उनले भने।
अहिलेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान तालिका, व्यवस्थापनमा सुधार गरेर चाप घटाउन उनले व्यवस्थापनलाई निर्देशन पनि दिए। भविष्यका लागि काभ्रेको कुनै एक ठाउँमा विमानस्थल बनाएर आन्तरिक उडान त्यहाँबाट गर्ने मन्त्री अधिकारीको भनाइ छ।
‘अहिलेलाई यहीको विमानस्थललाई व्यवस्थापन गर्ने हो ’ उनले भने,‘अबको केहीदिनभित्र ठाउँ निश्चित भएपछि काभ्रेमा आन्तरिक उडान गर्ने विमानस्थलको काम पनि अगाडि बढ्छ।’
काभ्रेको नागिडाँडामा विमानस्थल बनाउने मनसायमा मन्त्री अधिकारी छन्। जहाँ प्ररारम्भिक अनुमानअनुसार ३ अर्ब लगानी आवस्यक हुने देखिएको छ।
त्यहाँ बन्ने विमानस्थलमा ठुला जहाज भने उडान गर्न मिल्ने छैन। ८ सय टिर धावनमार्ग भएको विमास्थलमा हेलिकप्टर र साना जहाजले मात्र उडान गर्नसक्छन्। जसको अर्थ दुर्गम क्षेत्रमा उडान गर्ने ठाँहरुमा मात्र त्यहाँ बन्ने विमानस्थलले विकल्प दिनसक्छन्। रासस